काठमाडौँ, २० चैत्र । राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समिति मार्फत सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहीन घर परिवारलाई लालपूर्जा वितरण गर्न काम थालिएको छ ।
भूमिहीन दलितलाई लालपूर्जा वितरण कार्यक्रमको आज शुरुवात गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सरकारले शुरु गरेको भूमिहीनलाई जग्गा वितरण गर्ने अभियानमा वास्तविक भूमिहीन कोहीपनि जग्गा पाउनबाट छुट्न नहुने बताइन् ।
मन्त्री श्रेष्ठले एक वर्षभित्र सबै गाउँब्लकको जग्गाको नापी गर्ने र लालपूर्जा वितरण गर्ने काम सम्पन्न गरिसक्ने पनि बताइन् ।




