अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा : राष्ट्रसङ्घ प्रमुख

`

     २०७८ चैत्र १८ गते १२:१२

एजेन्सि, १८ चैत्र । अफगानिस्तानको मानवीय अवस्थालाई मूल्याङ्कन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा रहेको बताएका छन्।

गुटरेसले ट्वीटरमा लेखेका छन्– ‘अफगानिस्तानको अर्थतन्त्र ध्वस्त भएको र संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले जीवन बचाउने सहायता प्रदान गर्न जारी राख्नका लागि दाताहरूलाई सहयोगका निम्ति आह्वान गरेका छन्।’

विगतका महिनाहरूमा अफगानिस्तानमा मानवीय अवस्था डरलाग्दो रूपमा बिग्रिएको छ। नब्बे लाख मानिसहरू भोकमरीको जोखिममा छन्। अर्थव्यवस्था ध्वस्त भएको छ।

देशमा द्वन्द्व समाप्त भए पनि मानवअधिकारको गम्भीर उल्लङ्घन जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?