मधेस प्रदेशसभाको बैठक आज अपराह्न २ बजे बस्दै

`

     २०७८ चैत्र ११ गते १०:४६

काठमाडौँ, ११ चैत्र । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज अपराह्न २ बजे बस्ने भएको छ ।

बैठकमा प्रदेश सरकारले कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए ।

यस्तै अघिल्लो बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि समेत छलफल हुने कार्यसूची रहेको सचिव यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?