‘पिर’ गीतको टिमद्वारा सिर्जन शीलसमाज नेपाललाई आर्थिक सहयोग प्रदान

`

     २०७८ चैत्र १० गते २:४०

काठमाडौँ, १० चैत्र । प्रकाश सपुतको चर्चित पछिल्लो गीत ‘पिर’ को टिमले सिर्जनशील समाज नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रकाश सपुतले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा सहयोगबापत प्रदान गरिएको रकम भने खुलाइएन । सिर्जनशील समाज नेपालले ४७ जना द्वन्द्व पीडित बालबालिकालाई संरक्षण गर्दै आएको पनि सो अवसरमा जानकारी दिइयो ।

गायक प्रकाश सपुतले सिर्जनाले नै सफलता र असफलताको भारी बोकोस् भन्ने मान्यता आफूले राख्ने गरेकै कारण त्यसैले गीत निकाल्नु अघि त्यसबारे चर्चा नगरेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?