श्रम मन्त्री श्रेष्ठको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आज युएई जाँदै

`

     २०७८ फाल्गुन ३० गते ५:०७

काठमाडौँ, ३० फागुन । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)को संयुक्त समितिको बैठक र ‘भिजिट भिसा’मा युएईमा अलपत्र नेपालीका समस्यमा समाधान गर्न श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

भ्रमणका क्रममा मन्त्री श्रेष्ठले युएईका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकसँग पनि छलफल गर्ने कार्यक्रम रहेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठले मङ्गलबार भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायबारे युएईका मानव संशाधनमन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारसँग छलफल गर्ने बताइएको छ ।

मङ्गलबार नै नेपाल–युएई संयुक्त समितिको बैठकको उद्घाटन सत्रमा नेपालका तर्फबाट उनले सम्बोधन गरेका छन् । संयुक्त समिति बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव राजीव पोखरेलले गर्दैछन् । बैठकमा सन् २०१९ मा नेपाल र युएईबीच भएको श्रम–सम्झौता कार्यान्वयनमा देखापरेका समस्या समाधानबारे छलफल हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?