जगदम्बा स्पिनिङ्ग मिल्स लि.मा आगलागी हुँदा ४ करोडको क्षति

`

     २०७८ फाल्गुन २७ गते ४:०२
काठमाडौँ, २७ फाल्गुन । जगदम्बा स्पिनिङ्गग मिल्स लि.मा विद्युतीय सर्ट सर्किट भई आगलागी हुँदा उद्योगको टी.एफ.ओ मेसिन, विद्युत् प्यानेल, विद्युतीय तारहरू नष्ट भएको छ । सौरभ ग्रुप अन्तर्गतको ३०० करोड लगानी भएको सो स्पनिङ्गग मिल्स मिति २०७८/ ११/२५ गते बिहान ३ बजे आगो लागेको हो ।
आगो लागेको केही समय पछि सिद्धार्थ न.पा.का र लुम्बिनी संस्कृति न.पा.का दुई वटा दमकलको साथै उद्योगमा रहेको यन्त्रको सहयोगमा आगोलाई नियन्त्रण लिएको छ ।
उद्योगमा कार्यरत ६५० भन्दा बढी कामदार तथा कर्मचारी बिच भाग दौड हुँदा पाँच जना कर्मचारी सामान्य घाइते भएका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?