रोजगार कार्यक्रमका लागि परेका निवेदनहरुलाई वडा कार्यालयले छानबिन गरेर बेरोजगार ठहर गर्नुपर्नेछ । त्यस्तै, निवेदनलाई स्थानीय निर्देशक समितिले छानबिन गरी बेरोजगार व्यक्तिको अन्तिम सूची गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले स्वीकृत गर्नेछ ।

" /> प्रधानमन्त्री रोजगार कार्यक्रमको आवेदन खुल्यो - Sarbocha Media

प्रधानमन्त्री रोजगार कार्यक्रमको आवेदन खुल्यो

`

     २०७८ फाल्गुन २६ गते ८:०८

काठमाडौँ, फाल्गुन २६ । आगामी आर्थिक वर्ष २०७९/८० को प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहनेहरुका लागि सरकारले आवेदन माग गरेको छ ।

बेरोजगारहरुलाई १ सय दिन बराबरको रोजगार सुविधा प्रत्याभूति गराउनका लागि भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहहरुमार्फत् विवरण लिन लागेको हो ।

बेरोजगार व्यक्ति १८ देखि ५९ वर्ष उमेर समूहको हुनुपर्नेछ भने निवेदन दिँदाको मितिसम्म सोहि आर्थिक वर्षमा न्यूनतम सय दिनको रोजगारमा संलग्न नभएको हुनुपर्नेछ । त्यस्तै, स्वरोजगार व्यक्तिहरुको हकमा वार्षिक ५७ हजार ७ सय रुपैयाँ भन्दा कम आय भएका व्यक्तिले मात्र प्रधानमन्त्री रोजगार कार्यक्रममा भाग लिन पाउनेछन् ।

रोजगार कार्यक्रमका लागि परेका निवेदनहरुलाई वडा कार्यालयले छानबिन गरेर बेरोजगार ठहर गर्नुपर्नेछ । त्यस्तै, निवेदनलाई स्थानीय निर्देशक समितिले छानबिन गरी बेरोजगार व्यक्तिको अन्तिम सूची गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले स्वीकृत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?