बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा अपराह्नपछि एक-दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

" /> आज मौसम सफा, प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली - Sarbocha Media

आज मौसम सफा, प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली

`

     २०७८ फाल्गुन २५ गते १:३४

काठमाडौँ, २५ फाल्गुन । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। बाँकी प्रदेशका हाडी भूभागमा आंशिक बदली रही अन्य भुभागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा अपराह्नपछि एक-दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?