पल शाह आफै तनहुँ प्रहरी समक्ष उपस्थित

`

     २०७८ फाल्गुन १५ गते ६:५७

काठमाडौँ, १५ फाल्गुण । पल शाह प्रहरी समक्ष हाजिर भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा आज अभिनेता शाह आफै उपस्थित भएका हुन् ।

प्रहरी कार्यालयमा उपस्थित भएका पल शाहलाई प्रहरीले हिरासतमा लिएको छ ।

यसअघि अभिनेता शाहले सामाजिक सञ्जालमार्फत नेपालको कानुनलाई सम्मान गर्दै आजै नेपाल प्रहरी सामु उपस्थित हुने जानकारी गराएका थिए ।

अभिनेता शाहविरुद्ध नाबालिकलाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीमा जाहेरी परेपछि सम्पर्क विहिन भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?