काठमाडौँ, २८ माघ । डेरी उद्योगीले दूग्ध विकास संस्थानले कायम गरेको दुधको उपभोक्ता मूल्य नमान्ने बताएका छन ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले संस्थानले निर्धारण गरेको उपभोक्ता मूल्य अव्यवहारिक र अवैज्ञानिक भएकाले उक्त मूल्य नमान्ने बताए । उनले आज आयोजित एसोसिएसन र डेरी उद्योग संघको संयुक्त पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
संस्थानले दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएर ८५ रुपैयाँ कायम गरेको छ ।
यसअघि, संस्थानले उपभोक्ता मूल्य ८६ रुपैयाँ तोक्ने बताइएको थियो ।




