किसानको माग सम्बोधन नभएको भन्दै जनमत पार्टीले पूर्व–पश्चिम राजमार्गमा आवतजावत गर्न रोक

`

     २०७८ माघ २० गते १०:०५

काठमाडौँ, २० माघ । सीके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्ग ठप्प भएको छ ।

सिरहा, सप्तरी, धनुषालगायतका जिल्लामा बन्दको पूर्ण प्रभाव परेको छ । राजमार्गमा लोकल सवारी बाहेक लामो दूरीका सवारी साधन चलेका छैनन् । जनमत पार्टीका कार्यकर्ताहरु सिरहाको राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै गरिरहेका छन् ।

किसानको माग सम्बोधन नभएपछि पुनः राजमार्ग बन्द गराउन बाध्य भएको जनमतका नेताहरुको भनाइ छ । राजमार्ग ठप्प हुँदा मधेश प्रदेश हुँदै पूर्व–पश्चिम आवतजावत गर्ने लामो दूरीका गाडीहरु पनि चल्न सकेका छैनन् ।

राजमार्गमा एम्बुलेन्स, स्कूल बस, प्रेस लगायतका अत्यावश्यक सवारी साधनलाई भने रोक लगाइएको छैन ।

विगत एक महिनादेखि किसानलाई मलखाद दिनुपर्ने, सिंचाईको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्नेलगायतका ११ बुँदै माग राखेर जनमत पार्टीले किसान आन्दोलन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?