इलाममा विगतभन्दा निकै तलसम्म हिमपात भएपछि जनजीवन कष्टकर

`

     २०७८ माघ १९ गते ११:२९

काठमाडौँ, १९ माघ । लगातारको हिमपात र झरीका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । मङ्गलबार साँझबाट हिउँ झरेपछि उच्च पहाडी क्षेत्रका बासिन्दालाई समस्या भएको हो । यसपटक विगतभन्दा निकै तलसम्म हिउँ परेको स्थानीयवासीको भनाइ छ ।

यसपटक भने जिल्लाको माइजोगमाई गाउँपालिकाको नयाँ बजारसम्म हिउँ परेको छ ।

जिल्लाको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारी, मेग्मालगायतका स्थानमा यसअघि पनि पटक–पटक हिउँ झरेको भए पनि नयाँ बजारसम्म हिउँ परेपछि चिसो बढेको स्थानीयवासीको भनाइ छ ।

उच्च पहाडी क्षेत्रमा मात्र हिमपात र झरी परेपछि सदरमुकाम इलामसहित जिल्लाका अन्य स्थानमा जाडो बढेको छ । जाडो बढेपछि विषेश गरेर बालबालिका र वृद्धवृद्धालाई समस्या भएको छ ।

हिउँ परेको स्थानमा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । उनीहरुलाई दैनिक कामकाज गर्न समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?