काठमाडौँ, १६ माघ । नेपालमा थप ३ हजार ५४० जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६३५९ जना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ९१० पिसिआर र ३२३५ नमुना एन्टीजेन परिक्षण गरि कुल १३ हजार १४५ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८७ हजार ९९९ पुगेका छन् ।
पछिल्लो कोरोनाबाट थप ३२ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ७३५ पुगेको छ ।




