नेपालमा थप ६८२७ सङ्क्रमित, १० जनको मृत्यु

`

     २०७८ माघ १४ गते १०:४७

काठमाडौँ, १४ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १९ हजार ८ सय ६९ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

पछिल्लो २४ घन्टामा ५४३२ जना कोरोना संक्रमित निको भएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर ८९ हजार ९४१ जना कोरोनाका सक्रिय संक्रमित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?