सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति?

`

     २०७८ माघ १४ गते ५:२१

काठमाडौँ, १४ माघ । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य अधिकतम ९०० रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य २५ रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । ।

अघिल्लो दिन सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ र चाँदी एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै यता तेजाबी सुनको मूल्य समेत आज अघिल्लो दिनको तुलनामा तोलामा ९०० रुपैयाँले नै घट्दै ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?