१२ वर्षमाथिका ५९ प्रतिशत नेपालीले कोरोनाविरुद्ध पूर्ण मात्रा खोप लगाए : प्रधानमन्त्री

`

     २०७८ माघ १४ गते ४:५६

काठमाडौँ, १४ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले १२ वर्षमाथिका ५९ प्रतिशत नेपाली नागरिकले पूर्ण मात्रा र ७१ प्रतिशतले कम्तीमा एक मात्रा कोभिड विरूद्धको खोप लगाएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले शुक्रबार स्वास्थ्य मन्त्रालय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दातृ निकायलगायत सबै सहयोगकर्तालाई घन्यवाद दिने क्रममा उक्त जानकारी गराएका हुन् ।

खोप अभियानमा उल्लेखनीय उपलब्धिको लागि खुसी व्यक्त गर्दै प्रधानमन्त्री देउवाले सबै मिलेर चैत मसान्तसम्म सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराउने प्रक्रियामा सहयोगको आह्वानसमेत गरेका छन् ।

५ देखि ११ वर्ष उमेर समूहका लागि करिब २ महिनाभित्रै खोप अभियान सुरु गर्ने तयारी समेत सरकारको रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?