संयुक्त राष्ट्र सङ्घको अनुसार अफगानिस्तानमा ३६ अर्ब अमेरिकी डलरको मानवीय सहायता आवश्यक

`

     २०७८ माघ १३ गते ६:०६

एजेन्सी, १३ माघ । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा अहिले तत्कालै करिब ३६ अर्ब अमेरिकी डलर बराबरको मानवीय सहयताको खाँचो रहेको जनाएको छ ।

हाल संयुक्त राष्ट्रसंघको समूहले अफगानिस्तानमा मानवीय सहयता वितरणको कार्य सुरु गरेको छ र त्यसका लागि कम्तीमा पनि ३६ अर्ब अमेरिकी डलर बराबरको सहायताको खाँचो रहेको आँकलन गरेको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफन डुजाकिरकका अनुसार हाल अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको एक समूहले मानवीय सहयताको वितरण गरिरहेको छ ।

यो सहयोग अहिले अरु केही नभएर मानिसहरुका लागि आधारभूत खाद्यान्न, उनीहरुलाई न्यानो कपडा र आधारभूत औषधिमुलोहरु रहेको बताइएको छ ।

यही जनवरीको सुरुमा संयुक्त राष्ट्रसंघले यस वर्षका लागि कम्तीमा पनि ४४ अर्ब अमेरिकी डलर बराबरको मानवीय सहायता वितरण गर्नुपर्ने योजना बनाएको थियो ।

त्यसबाट नै अहिले तत्कालै कम्तीमा ३६ अर्ब अमेरिकी डलर बराबरको सहयाताको खाँचो परेको हाल अफगानिस्तानमा सहयोग वितरण गरिरहेको संयुक्त राष्ट्रसंघको समूहले जनाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?