खानी उत्खननमा अनियमितता, भूगर्भ विभागका महानिर्देशकसहित १८ जना विरुद्ध मुद्दा

`

     २०७८ माघ १२ गते ८:५८

काठमाडौँ, १२ माघ । खनिज पदार्थ उत्खननमा अनियमितता गरेको आरोपमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे र उपमहानिर्देशक जयराज घिमिरेसहित १८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक घिमिरे, उपमहानिर्देशक तथा प्रवक्ता जयराज घिमिरे तथा ९ वटा कम्पनीका सञ्चालकसहित १८ जना विरुद्ध १ अर्ब २४ करोडभन्दा बढी रकम विगोसहित बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

चुनढुंगा उत्खननमा अनियमितता भएको आशंकामा अख्तियारमा उजुरी परेपछि अनुसन्धान अघि बढेको थियो । खानी सञ्चालकसग मिलेर कर्मचारीले प्राकृतिक स्रोतसाधन दोहनमा सघाएको अख्तियारको ठहर छ ।

अहिले अख्तियारका अनुसन्धान अधिकृतहरू मुद्दा लिएर विशेष अदालतमा पुगेका छन् । अख्तियारले मुद्दा दर्तापछि विवरण सार्वजनिक गरिने जनाएको छ ।

यसअघि पुस २६ मा मात्रै अख्तियारले वनका उपसचिव हेमराज विष्ट विरुद्ध करिब ७ करोड विगो मागदावी सहित विशेषमा मुद्दा दायर गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?