पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश

`

     २०७८ माघ १० गते ८:५७

एजेन्सि, १० माघ । पाकिस्तानमा पहिलो पटकमा सर्वोच्च अदालतमा महिला न्यायाधीश (आयसा मलिकल) नियुक्त भएकी छिन् । सर्वोच्चका प्रधान न्यायाधीश गुल्झर अहमेदले सोमबार मलिकलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।

बिहीबार पाकिस्तानको न्याय सेवा आयोग (जेसीपी)ले मलिकलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो । आयोगका पाँच सदस्यमध्ये चार जनाले उनको पक्षमा मतदान गरेका थिए ।

मलिकलाई सर्वोच्चको न्यायाधीश हुन त्यति सहज वातावरण थिएन । किनकी उनको प्रमोसनमा देशभरका वकिलहरूले विरोध गरेका थिए । मलिकको नियुक्तिको विरोधमा पाकिस्तान वार काउन्सिलले पनि आन्दोलन घोषणा गरेको थियो ।

सर्वोच्चका १७ न्यायाधीशमध्ये अगस्टमा एक जना न्यायाधीशले सेवानिवृत्त पाएपछि एउटा सिट रिक्त थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?