अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु, ७ सय घर भत्किए

`

     २०७८ माघ ०४ गते ५:२४

काठमाडौँ, ४ माघ । अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानको क्वादिस जिल्लाअन्तर्गत बड्गिसस्थित पश्चिमी प्रान्तमा ५.३ म्याग्निच्युडको भूकम्प जाँदा २६ जनाको मृत्यु भएको प्रदेश प्रवक्ता बाज मोहम्मद सरवरीलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।

भुकम्प बाट मृत्यु हुने २६ जनामध्ये ५ जना महिला‚ ४ बालबालिका रहेको सरवरीले जानकारी दिए ।

भारी वर्षाका बाबजुद उद्धारकर्ताहरू उक्त क्षेत्रमा पुगिसकेको र उद्धार गर्ने क्रममा मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने उनले बताए । पहिलोपटक भूकम्प गएको दुई घण्टापछि पुनः ४.९ म्याग्निच्युडको पराकम्प महसुस गरिएको थियो ।

त्यस्तै भूकम्पमा ७ सय घर भत्किएका छन् भने प्रदेशको राजधानी क्वाला-ए-नाका केही घर चर्किएको सरवरीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?