भन्सार छलेर ल्याइएको ६ सय ४० केजी माछा नष्ट

`

     २०७८ माघ ०२ गते १२:२०

काठमाडौँ, २ माघ । भन्सार छली भित्र्याइएको ६ सय ४० केजी माछा प्रहरीले नष्ट गरेको छ ।

भारतबाट अवैध रुपमा भित्र्याइएको १६ कार्टुन माछा प्रहरीले आइतबार बिहान ८ बजे गौरादह नगरपालिका ३ सहिद गेटबाट नियन्त्रणमा लिएको थियो ।

मे १ च ३६३२ नम्बरको म्याजिक भ्यानमा ल्याउँदै गरेको अवस्थामा भ्यानसहित माछा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले जानकारी दिए ।

नियन्त्रणमा लिएको माछा आइतबार मध्याह्न स्थानीय, पत्रकार, जनप्रतिनिधिलगायतको उपस्थितिमा खाडल खनी नष्ट गरेको डीएसपी पाठकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?