विषाक्त रक्सी सेवन गर्दा ८ जनाको मृत्यु, मृतकको सङ्ख्या अझै बढ्न सक्ने

`

     २०७८ माघ ०२ गते ६:१८

काठमाडौँ, २ माघ । भारतको बिहारको नालन्दा जिल्लामा विषाक्त रक्सी सेवन गर्दा कम्तिमा ८ जनाको ज्यान गएको छ ।

नालन्दाका प्रहरी अधिकारी अशोक कुमारले रक्सी सेवनबाट ८ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । शुक्रबार काम गरेर घर फर्किएपछि सँगै रक्सी सेवन गरेका श्रमितको मृत्यु भएको हो ।

विषाक्त रक्सी सेवनबाट अन्य मानिस गम्भीर बिरामी भएका कारण मृतकको संख्या बढ्न सक्ने कुमारको भनाइ छ

बिहारमा सन् २०१६ को अप्रिलदेखि मदिरामाथि प्रतिबन्ध लगाइएको छ । तर शुक्रबार भएको घटना विगत ६ महिनाको अवधिमा भएको सातौं हो । उक्त अवधिमा विषाक्त रक्सी सेवनबाट ४० भन्दा बढीको ज्यान गइसकेको छ ।

यसैबीच, मुख्यमन्त्री नीतीश कुमारको गृह जिल्ला नालन्दामा घरेलु रक्सी सेवनबाट मानिसहरूको मृत्यु भएपछि विपक्षी दलले कुमारको राजीनामा मागेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?