बुटवलको डान्स क्लबमा शुक्रबार दिउँसो १ बजे भीषण आगलागी

`

     २०७८ पौष ३० गते ७:५९

काठमाडौँ, ३० पौष । बुटवलको प्लान बि डान्स क्लबमा आगो लागेको छ।

बुटवल मिलनचोकस्थित सिद्धार्थ कटेजनजिकै निर्माणाधीन उक्त क्लबमा शुक्रबार दिउँसो १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिको दमकल आइसकेको र तिलोत्तमा, देवदह र सैनामैनाका दमकल पनि आउँदै गरेको जानकारी दिए।

आगलागी के कारणले भएको हो त्यसबारे अहिले जानकारी नभएको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?