बुस्टर डोजले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने युरोपेली मेडिकल निकायको चेतावनी

`

     २०७८ पौष २८ गते ८:५४

काठमाडौँ, २८ पौष । कोभिडविरुद्ध दिइने बारम्बारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली युनियन अन्तर्गतको स्वास्थ्यसम्बन्धी एउटा नियामक निकायले चेतावनी दिएको छ ।

लामो समयको अन्तर पारेर बुस्टर डोज दिन पनि सो निकायले विभिन्न देशहरूलाई अनुरोध गरेको छ ।

‘हरेक चार महिना बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउँछ,’ युरोपेली मेडिकल निकायले भनेको छ ।

यसै महिनाको सुरुमा इजरायलले ६० वर्षमाथिका बृद्धबद्धालाई दोस्रो बुस्टर डोज दिने तयारी गरेको थियो । बेलायतले पनि कोभिडबाट रक्षा गर्ने भन्दै दोस्रो बुस्टर डोज दिने तयारी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?