ब्राजिलमा भारी वर्षा, १० जनाको मृत्यु

`

     २०७८ पौष २८ गते ६:३७

काठमाडौँ, २८ पौष । ब्राजिलमा वर्षाबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ ।

दक्षिणपूर्वी ब्राजिलका केही भागमा गएको २४ घण्टादेखि वर्षा निरन्तर रहेको बताइएको छ । सो वर्षाबाट गएको २४ घन्टामा कम्तीमा पनि १० जनाको ज्यान गएको बताइएको छ ।

भारी वर्षा जारी रहेपछि त्यहाँ पहिरो गएको छ । पहिरोमा परी एकै परिवारका एक दम्पत्ती र उनीहरुका दुई सन्तान पुरिएका छन् । पुरिएको स्थानबाट उनीहरुको उद्धारको काम जारी रहेको भए पनि भारी वर्षाका कारण निकै कठिन भएको बताइएको छ ।

सो वर्षाबाट मुत्यु भएका १० जनाको शव भेटिएको बताइएको छ भने अरु केही हराइरहेका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?