म्याद नथपिँदा पाएनन् पुर्जा, समितिको म्याद थप्ने विषयमा सरकार निर्णय विहीन

`

     २०७८ पौष २८ गते ४:५४

काठमाडौँ, २८ पौष । राजापुर नगरपालिकामा बहाल विटौरी समितिको म्याद थप नभएका कारण यहाँका २ सय ८० जग्गाधनी पुर्जा पाउनबाट वञ्चित भएका छन् ।

३ वर्षअघि समितिले वास्तविक जग्गाधनीलाई पुर्जा वितरण गर्न टोली खटाएको थियो  । जग्गाधनी पुर्जा पाउँ भनी निवेदन दिएकामध्ये ४ सय ३८ जनाको वास्तविकता पहिचान गरी १ सय ५८ जनालाई पुर्जा वितरण गरिएको थियो ।

समितिको म्याद सकिएपछि पुर्जा वितरण रोकिएको हो । झन्डै ७६ वर्षदेखि राजापुर नगरपालिकाको मुख्य बजार क्षेत्रमा सबैभन्दा बढी पुर्जाविहीन बस्दै आएका छन् ।

१ सय २५ गैरनागरिकले झूटो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय र अख्तियारमा मुद्दा दिएपछि उनीहरूलाई जग्गाधनी पुर्जा वितरण रोकिएको थियो ।

स्थानीयले समितिको म्याद थप्न माग गरे पनि दुई वर्ष बितिसक्दा पनि सरकारले निर्णय गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?