दक्षिण भारतीय अभिनेत्रीहरु जसले सबैभन्दा धेरै पारिश्रमिक लिने गर्दछन्

`

     २०७८ पौष २७ गते ३:४०

काठमाडौँ, पौष २७ । बायाँबाट क्रमशः सामन्था रूथ प्रभु, रश्मिका मन्दना, अनुष्का सेट्टी, कीर्ति सुरेश र पूजा हेजबायाँबाट क्रमशः सामन्था रूथ प्रभु, रश्मिका मन्दना, अनुष्का सेट्टी, कीर्ति सुरेश र पूजा हेज

दक्षिण भारतीय फिल्म पुष्पाः द राइज सुपरहिट भयो। अल्लु अर्जुन र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको यो फिल्म सन् २०२१ कै सबभन्दा धेरै कमाउने फिल्म हो।

पुष्पा तीन सय करोड भारू कमाइको नजिक छ। सिनेमा हलका साथै अमेजन प्राइम भिडिओमा पनि रिलिज भइसकेको फिल्मको कमाउने क्रम जारी छ।

पुष्पाको सफलतासँगै अभिनेत्री रश्मिकालाई पनि निकै फाइदा पुगेको छ।

बलिउड लाइफका अनुसार रश्मिकाले आफ्नो पारिश्रमिक बढाएसँगै उनी तेलेगू फिल्मकी महँगी अभिनेत्री बनेकी छन्।

रश्मिकाले यसअघि महँगो पारिश्रमिक लिने सामन्था रूथ प्रभुलाई पनि उछिनेकी छन्।

दक्षिण भारतीय फिल्मका महँगा अभिनेत्रीहरु

१. पूजा हेजः

बलिउड फिल्ममा समेत प्रवेश गरिसकेकी पूजा हेज टलिउडकी महँगी अभिनेत्री पर्छिन्। बलिउड लाइफका अनुसार उनले एक फिल्मको साढे तीन करोड भारू लिन्छिन्।

२. रश्मिका मन्दनाः

रश्मिकाले पुष्पा फिल्मभन्दा अगाडि एक फिल्मको दुई करोड भारू लिन्थिन्। पुष्पाका लागि उनले तीन करोड भारू मागेकी थिइन्। निर्माताले उनले मागे जति पारिश्रमिक पनि दिइएको बताइएको छ। यसो हो भने रश्मिका टलिउडकै दोस्रो महँगी अभिनेत्री हुने छिन्।

३. सामन्था रूथ प्रभुः

रश्मिकाको पारिश्रमिक बढ्नुभन्दा अगाडि सामन्था यसअघि दोस्रो धेरै पारिश्रमिक लिने अभिनेत्रीमा पर्थिन्। उनले एक फिल्मको दुई करोड भारू लिँदै आएकी छन्।

४. अनुष्का सेट्टीः

‘बाहुबली’ जस्तो ऐतिहासिक फिल्मकी हिस्सा बनिसकेकी अनुष्काले पनि एक फिल्मको दुई करोड भारू लिन्छिन्। धेरैले अनुष्काका लागि पारिश्रमिक कम भएको पनि बताएका छन्।

५. कीर्ति सुरेशः

‘महानती’ फिल्मका लागि नेसनल अवार्ड जितेकी कीर्ति सुरेशले पनि एक फिल्मका लागि दुई करोड भारू लिन्छि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?