राजस्व छुट व्यवस्थाको कारण महिलाको नाममा जग्गा पास गर्ने बढे

`

     २०७८ पौष २७ गते ९:१३

काठमाडौँ, २७ पौष । जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ । चालु आर्थिक वर्षमा १२५ जना महिलाका नाममा जग्गापास भएको मालपोत कार्यालय जुम्लाले जनाएको छ ।

“गाउँपालिकाभन्दा नगरपालिकाका महिलाका नाममा बढी जग्गा रजिस्ट्रेसन भएको छ”,कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले भने ।

नगरपालिकाको महिलाका नाममा जग्गा पास भएमा २५ प्रतिशत र गाउँपालिकाका महिलाका नाममा जग्गा रजिस्ट्रेसन भए राजस्वमा ५० प्रतिशत छुट रहेको कार्यालयले जनाएको छ ।

मालपोत कार्यालयमा जग्गा रजिस्ट्रेसन गर्ने दलित समुदाय र अपाङ्गता भएकलाई राजस्वमा २५ प्रतिशत छुट दिने व्यवस्था पनि रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?