काठमाडौँ, २७ पौष । अमेरिकाले अफगानिस्तानमाथि लगाइएका नाकाबन्दी एवं प्रतिबन्धहरु फुकुवा गर्न चीनले आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयले सोमबार सो आग्रह गरेको हो ।
हाल अफगानिस्तान निकै अप्ठेरो अवस्थामा रहेको, यहाँ हिमपात तथा चिसोका कारण अफगान नागरिकहरु निकै अप्ठेरोमा परेको र मानवीय सहायताको पनि खाँचोे परिरहेकाले अमेरिकालाई सो नाकाबन्दी फिर्ता गर्न आग्रह गरेको हो ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा सोमबार चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सो आग्रह गरेका हुन् ।



