काठमाडौँ, २३ पौष । पहिलो संस्करणको केटीएम रन प्रतियोगिता माघको तेस्रो साता आयोजना हुने भएको छ । आयोजक शेर्पा आउटडोरको केटीएम सिटीले शुक्रबार पत्रकार सम्मेलन गर्दै केटीएम रन माघ १५ गते आयोजना हुने जानकारी गराएको हो ।
शनिबारको दिन आयोजना हुने केटीएम रन १० किलो मिटरको हुने आयोजक केटीएम सिटीले जनाएको छ । केटीएम रन पुरुष र महिला गरि दुई स्पर्धामा आयोजना हुनेछ ।
केटीएम रनको विजेताले ट्रफी सहित समान १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, दोस्रो हुने दुवै स्पर्धाका खेलाडीले समान ५० हजार, तेस्रोले ३० हजार, चौथों हुनेले २० हजार, पाँचौं हुनेले १० हजार, छैटौं हुनेले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
केटीएम रनको रुट काठमाडौंको दरबारमार्गबाट सुरु भएर भद्रकाली हुँदै सिंहदरबार, माइतीघर, बानेश्वर पुगेर पुन माइतीघर फर्किएर, थापाथली हुँदै त्रिपुरेश्वर, सुन्धारा, न्यूरोड, रत्नपार्क, जमल भएर दरबारमार्ग आएरै समापन हुनेछ ।



