काजकिस्तानमा प्रदर्शनले विकराल रूप लिएसँगै रुसी सेना प्रवेश, देश र सैनिक स्थलको सुरक्षा गर्ने

`

     २०७८ पौष २३ गते ६:४९

एजेन्सी, २३ पौष । सरकारविरोधी प्रदर्शनबीच रुसी सेना कजाकिस्तान प्रवेश गरेको छ ।

कजाकिस्तानका राष्ट्रपतिको अनुरोधमा रुसी सेना कजाकिस्तान पुगेको बताइएको छ ।

कजाकिस्तानमा तेलको मूल्य वृद्धिको केही दिनयता विरोध चर्किएको छ ।

अधिकारीहरुका अनुसार प्रदर्शनका बेला करिब १८ सुरक्षाकर्मीको मृत्यु भएको छ । मेसिन गनको फायरिङमा दर्जनौं प्रदर्शनकारी पनि मारिएका छन् ।

राष्ट्रपति कासिम–जोमार्ट तोकायेवले यसका लागि विदेशमा प्रशिक्षित आतंकवाद गिरोहलाई जिम्मेवार रहेको आरोप लगाएका छन् ।

बुधबार एक सरकारी न्यूज च्यानलमा दिएको अन्तरवार्तामा राष्ट्रपतिले देशको बिग्रँदो स्थितिबीच सामूहिक सुरक्षा सन्धी संगठन (सीएसटीओ)सँग समर्थन मागेका थिए । सिएसटीओ रुस र ६ पूर्व सोभियत संघको राज्यको एउटा सैन्य गठबन्धन हो ।

रुसी आरआईए न्यूज एजेन्सीका अनुसार कजाकिस्तानको मद्दतका लागि पठाइएको सेनामा कथित रुपमा २५ सय सैनिक छन् । सिएसटीओका अनुसार यी शान्ति सेना हुन् र उनीहरुले देश र सैनिक स्थलको सुरक्षा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?