सरकारद्वारा उखुको मूल्य निर्धारण, लागत पनि नउठ्ने भन्दै किसान असन्तुष्ट

`

     २०७८ पौष २२ गते ८:५९

काठमाडौँ, २२ पौष । सरकारले उखुको मूल्य निर्धारण गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको प्रतिक्विन्टल मूल्य (सरकारी अनुदानसहित) ५९० रुपैयाँ तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेश गरेको मूल्य बुधबार बसेको मन्त्रिपरिषद्ले अनुमोदन गरेको वाणिज्य मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

सरकारले तोकेको उखुको मूल्यप्रति उखु किसानहरुले भने आपत्ति जनाएका छन् ।

‘सरकारले हाम्रो हितमा काम गरेन, यो मूल्यले हाम्रो लागत पनि उठ्दैन’ सर्लाहीबाट उखु किसन संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम राय यादवलेटेलिफोनमा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?