काठमाडौँ, १९ पौष । मकवानपुरको स्थानीय प्रशासनले युनिलिभरको म्याद गुज्रिएको साढे ७३ टन चियापत्ति नष्ट गर्दैछ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले सो म्याद गुज्रिएका चियापत्ति आज सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० स्थित डम्पिङ साइडमा पुर्ने तयारी गरिएको छ ।
कार्यालयले उक्त चियापत्ति जिल्ला प्रशासन कार्यालय मकवानपुरको गत मंसिर १२ गतेको फैसला तथा पुस १८ गतेको फैसला कार्यान्वयन गर्ने निर्देशन अनुसार खाद्य नियमावली २०२७ को दफा ९ (क) बमोजिम नष्ट गर्ने तयारी गरेको हो ।
युनिलिभर नेपाल लिमिटेडको चिया प्रशोधन केन्द्रबाट बरामद भएको ७३ हजार ५५६ किलो म्याद गुज्रिएको चियापत्ति नष्ट गर्ने तयारी गरिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले गत भदौ १५ गते उद्योग अनुगमनाका क्रममा उद्योगको चिया प्रशोधन केन्द्रबाट म्याद गुज्रिएका, लेबल स्पष्ट नभएका चियापत्ति फेला परेको थियो । गुज्रिएका, लेबल स्पष्ट नभएका चियापत्ति फेला परेपछि उद्योगको चिया प्रशोधन केन्द्र प्रशासनले शिल गरेको थियो ।
उद्योगले प्रशोधनका लागि राखेको २१ किलोका ३६६ बोरा ९७ हजार ६८६ किलो र ३६ किलोका १ हजार ८२ बोरा ९६५ हजार ८७० किलो चियापत्ति भने म्याद गुज्रिएको र लेबल तथा अन्य विवरण स्पष्ट नभएको पाइएको छ ।




