बाली लगाउने बेलामा भने किराँत जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ ।

" /> प्रकृति प्रेमी किरात समुदायको उँधौलीको रमझम - Sarbocha Media

प्रकृति प्रेमी किरात समुदायको उँधौलीको रमझम

`

     २०७८ पौष १७ गते १२:२९

काठमाडौँ, १७ पौष । किरात समुदायले टुडिखेलमा सकेला उधौली चाड मनाएका छन् । साकेला उधौली चाड जाडो मौसम सुरु भएको र विभिन्न जीवजन्तहरू न्यानो खोज्दै ओरालो (बेँसी) लाग्ने तथा बाली भित्र्याउने चाडका रूपमा मनाइन्छ ।

किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन् ।

बाली लगाउने बेलामा भने किराँत जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?