काठमाडौँ, १४ पौष । कञ्चनपुरको गौरीफन्टामा बेचबिखनका लागि भारततर्फ लैजादै गर्दा एक युवतीको उद्धार गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर कञ्चनपुरबाट गौरीफन्टा नाकामा खडा गरिएको चेकप्वान्टको टोलीले भारततर्फ लैजादै गरेको अवस्थामा कैलालीको लम्कीचुहा नगरपालिका-१ की १९ वर्षीया युवतीको उद्धार गरिएको जनाएको छ ।
ती युवतीलाई ललाइफकाइ गरेर भारत लगिरहेको अवस्थामा उद्धार गरेर सशस्त्र प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
भारतिय अरुण कुमार र चिराग दुग्गललेलाई नियन्त्रणमा लिएरको छ ।



