ब्राजिलमा भारी वर्षा हुँदा सोमवार मात्र २० जनाको मृत्यु

`

     २०७८ पौष १३ गते ७:४०

काठमाडौँ, १३ पौष । ब्राजिलमा भारी वर्षा भईरहेको छ ।

ब्राजिलको उत्तरपूर्वी बाहियामा वर्षाको प्रभाव बढी देखिएको छ । सो राज्यमा आएको वर्षाका कारण भौतिक क्षति पनि पुगेको छ ।

यहाँको प्रकोप नियन्त्रण निकायले सोमबारसम्म सो वर्षाबाट कम्तीमा पनि २० जनाको ज्यान गएको छ भने अरु ३५८ जना घाइते भएका जनाएको छ ।

वर्षापछिको बाढीका कारण उनीहरु घाइते भएका हुन् । सो वर्षाबाट करिब ५ लाख नागरिक प्रभावित भएका जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?