लालपूर्जाको मागसहित बाँदरझुलाका सुकुम्बासी काठमाडौं आएर प्रदर्शन

`

     २०७८ पौष ०४ गते ७:२७

काठमाडौँ, ४ पुष । चितवनको बाँदरझुलाको सुकुम्बासी बस्तीका नागरिक काठमाडौं आएर प्रदर्शनमा उत्रेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जबाट समय समयमा सास्ती खेप्दै आएका उनीहरुले लालपूर्जाको माग गरेका छन् । बाँदरझुला संघर्ष समितिको आयोजनामा भएको उक्त प्रदर्शनका क्रममा उनीहरुले सुकुम्बासी बस्तीको व्यवस्थापन गरिनुपर्ने भन्दै माइतीघरदेखि बानेश्वरसम्म विभिन्न नाराअंकित प्लेकार्ड र ब्यानरसहित र्‍याली गरेका थिए । बाँदरझुलामा ०४७ सालपछि मानिसहरु पुगेर बस्ती बसाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?