काठमाडौँ, २ पुष । सरकारले यही पुस ४ गते सार्वजनिक विदा दिएको छ ।
किरात समुदायको पर्व उधौली र योमरी पुन्ही-ज्यापु दिवस (धान्य पूर्णिमा) परेकाले आउँदो आइतबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस १ गतेको निर्णयानुसार देशभर लागू हुने गरी बिदा दिइएको जनाएको छ ।




