भारतीय गहुँ अफगानिस्तानसम्म ओसार्न दिने पाकिस्तानको निर्णय स्वागतयोग्य:तालिबान

`

     २०७८ मंसिर १९ गते ७:५६

१९ मंसिर, काठमाडौं । अफगानिस्तानमा ट्रकमार्फत् भारतीय गहुँ र अत्यावश्यक औषधि ढुवानी गर्न दिने पाकिस्तानको निर्णयलाई तालिबानले स्वागत गरेको छ।

पाकिस्तानको विदेशमन्त्रालयले पञ्जाबको वागा हुँदै अफगानिस्तानको नाङ्गाहरसँग जोडिएको खैबर पाख्नुख्वासम्म भारतीय गहुँ र अत्यावश्यक औषधि बोकेका ट्रकलाई आफ्नो भूमि प्रयोग गर्न दिने निर्णय गरेको थियो । ‘मानवीय प्रयोजनको विशेष आधार’मा पाकिस्तानले उक्त निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

शुक्रबार पाकिस्तानको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अफगान ट्रकलाई आफ्नो भूमि प्रयोग गरी भारतीय गहुँ र अत्यावश्यक औषधि ढुवानी गर्न दिने जनाएको थियो । तर गहुँ र अत्यावश्यक औषधिबाहेक अन्य वस्तु ढुवानीको अनुमति नदिने पाकिस्तानले प्रस्ट पारेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?