निजी घरमा आगलागी, परिवार सबैको जलेर मृत्यु

`

     २०७८ आश्विन २० गते ७:४८

एजेन्सि, २० असोज । अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा परी ७ जनाको ज्यान गएको छ ।

उनीहरुको एक निजी घरमा भएको सो आगलागीमा परेर मृत्यु भएको हो । घरमा सुतिरहेका उनीहरुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एकै परिवारका ७ जना छन् र त्यसमा चार जना बालबालिका पनि छन् ।

विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको भए पनि आगलागीको कारण भने थाहा भएको छैन । प्रहरीले यसको अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?