एजेन्सि, १७ असोज । साउदी अरेबिया छिर्न खोज्ने ७ जना यमनी आप्रवासी साउदी अबेरिबयाको सीमाक्षेत्रमा मारिएका छन् ।
ती आप्रवासीहरु जबर्जस्ती साउदी अरेबिया छिर्न खोजेको बताइएको छ ।
त्यस क्रममा भएको सीमा सुरक्षा बलको कारबाहीमा परेर ती आप्रबासीहरु मारिएका बताइएको छ । शुक्रबार यमनको मोनाबिह जिल्लामा ती आप्रवासी मारिएका हुन् ।
त्यसक्रममा अरु २१ जना घाइतेहरुलाई यमनी अस्पतालमा पुर्याइएको छ ।




