काठमाडौ, १५ असोज । सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार दिउँसो १२स्५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४।२ रेक्टर स्केलको भूकम्प गएको हो ।
२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५५९ वटा पराकम्प गइसकेका छन् ।
उक्त भूकम्प गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ ।




