काठमाडौंबाट १३ जुवाडे पक्राउ, १८ लाख ७५ हजार ५ सय नगद बरामद

`

     २०७८ आश्विन ०७ गते ६:५०

काठमाडौँ, ७ असोज । काठमाडौंबाट १८ लाख ७५ हजार ५ सय रूपैयाँसहित १३ जना जुवाडे पक्राउ परेका छन्।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ हरहर महादेवस्थित कमल दाहालको घरमा अवैध रूपमा जुवा खेलिरहेको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो।

सो टोलीले बुधबार मध्यराति उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट १८ लाख ७५ हजार पाँच सय रूपैयाँ बरामद गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?