सुमो दुर्घटनामा १ जनाको मृत्यु, ९ घाइते

`

     २०७८ भाद्र २७ गते १०:१८

 

काठमाडौँ,  २७ भदौ । टाटा सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरीभञ्ज्याङमा बा११च ५२१० नम्बरको टाटा सुमो दुर्घटना हुँदा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

सो दुर्घटनामा ९ जना घाइते भएको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको उदयपुरको घुर्मीमा उपचार भइरहेको छ ।

सिद्धिचरण नगरपालिकाको निशङ्खे हुँदै मानेभञ्ज्याङ–१ मोलीको बाटो भएर काठमाडौँका लागि छुटेको सुमोमा १० व्यक्ति सवार थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?