विश्वमा हरेक ४० सेकेन्डमा १ जनाले गर्छन् आत्महत्या

`

     २०७८ भाद्र २५ गते १०:२५

काठमाडौँ, २५ भदौ । विश्वमा भोकमरी, रोग, बेरोजार, अज्ञानतालगायतका कारण हरेक चालिस सेकेन्डमा १ जनाले र १  वर्षमा ८ हजार मानिसले आत्महत्या गर्छन् ।

विश्वमा हरेक वर्ष विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । ‘काममार्फत आशा सिर्जना’ भन्ने नाराका साथ यो वर्ष पनि विश्व आत्महत्या रोकथाम दिवस मनाईएको छ ।

आत्महत्या नियन्त्रणका लागि अन्तर्राष्ट्रिय संगठन (आइएएसपी) ले सर्वप्रथम सन् २००३ मा यो दिवस मनाएको थियो ।

प्राध्यापक इरविन रिंगेल र डा. नोरम्यान फ्यावरलोले सन् १९६० मा अस्ट्रियाको राजधानी भियनामा आइएएसपी स्थापना गरेका थिए । आत्महत्या रोक्न प्रतिबद्ध यस गैरसरकारी संगठनमा ७७ देशका विज्ञ र स्वयंमसेवक छन ।

आत्महत्या नियन्त्रणमा विश्वव्यापी प्रतिबद्धता जनाउनु दिवसको मुख्य उदेश्य हो । आत्महत्याबाट जोगिन मानसिक रुपमा स्वस्थ हुनुपर्ने र समुदाय तहमा काम चाल्नुपर्ने विज्ञहरु बताउछन् ।

राष्ट्रसंघका अनुसार ७५ प्रतिशत आत्महत्यामा सम्बन्धित देश नै जिम्मेवार हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?