संरक्षित वन्यजन्तु अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा उक्त भैंसेगोहोरो सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा बुझाइएको उक्त व्यूरोले जनाएको छ ।

" /> संरक्षित वन्यजन्तु जिवित भैँसेगोहोरो सहित ३ जना पक्राउ - Sarbocha Media

संरक्षित वन्यजन्तु जिवित भैँसेगोहोरो सहित ३ जना पक्राउ

`

     २०७८ श्रावण २५ गते ८:३८

ललितपुर, २५ साउन । महालक्ष्मी नगरपालिका–१ इमाडोलबाट संरक्षित वन्यजन्तु जस्तो देखिने जिवित भैंसेगोहोरो सहित ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङ थाक्रे गाउँपालिका–५ नौविसे दामिचौर बस्ने ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका–३ भैँसे बस्ने १९ वर्षीय सुरेश बिक र दोलखा तामाकोसी गाउँपालिका–५ गोगनटार बस्ने २३ वर्षीय सुमन बिक रहेका छन् ।

संरक्षित वन्यजन्तु अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा उक्त भैंसेगोहोरो सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा बुझाइएको उक्त व्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?