गुल्मी, १३ साउन । गुल्मीमा यात्रुबाहक जीप दुर्घटना परी ३ जनाको मृत्यु भएको छ । बुधबार मध्याह्न मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा लु१ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो ।
जीप गुल्मीको शान्तिपुरबाट तम्घास आउँदै गरेको थियो । अहिले उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको छ भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



