मिथुन थिङलाई मकवानपुर जिल्ला अदालत हेटौँडाले २०७७ साल माघ २८ गते ज्यान मार्ने उद्योग मुद्दामा ५ बर्ष कैद सजाय सुनाएको थियो भने पराजुलीलाई मकवानपुर जिल्ला अदालत हेटौडाले सवारी ज्यान मुद्दामा ९ दिन कैद २ हजार जरिवाना सुनाएको थियो ।

आफ्नै गाउँघरमा लुकीछिपी बस्‍दै आएका मिथुन तितुङलाई आइतबार जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइ कैद भुक्तानको लागि कारागार कार्यालय भिमफेदी पठाइएको छ भने कमल पराजुलीलाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

" /> मकवानपुरबाट दुईजना फरार प्रतिवादी पक्राउ - Sarbocha Media

मकवानपुरबाट दुईजना फरार प्रतिवादी पक्राउ

`

     २०७८ आषाढ २१ गते ८:३४

मकवानपुर, २१ असार । मकवानपुर प्रहरीले ज्यान मार्ने उद्योगमा फरार दुईजनालाई हेटौँडाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौँडा पमहानगरपालिका १२ बस्‍ने २७ वर्षीय मिथुन तितुङ र हेटौँडा पमहानगरपालिका ९ बस्‍ने ४७ वर्षीय कमल पराजुली रहेका छन् ।

मिथुन थिङलाई मकवानपुर जिल्ला अदालत हेटौँडाले २०७७ साल माघ २८ गते ज्यान मार्ने उद्योग मुद्दामा ५ बर्ष कैद सजाय सुनाएको थियो भने पराजुलीलाई मकवानपुर जिल्ला अदालत हेटौडाले सवारी ज्यान मुद्दामा ९ दिन कैद २ हजार जरिवाना सुनाएको थियो ।

आफ्नै गाउँघरमा लुकीछिपी बस्‍दै आएका मिथुन तितुङलाई आइतबार जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइ कैद भुक्तानको लागि कारागार कार्यालय भिमफेदी पठाइएको छ भने कमल पराजुलीलाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?