लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

निश्चलउपर जिल्ला अदालत ललितपुरबाट म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको उक्त ब्यूरोले बताएको छ ।

" /> लागूऔषध सहित एक युवक पक्राउ - Sarbocha Media

लागूऔषध सहित एक युवक पक्राउ

`

     २०७८ आषाढ १८ गते १०:४९

काठमाडौँ, १८ असार । अवैध लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । ललितपुर महानगरपालिका ४ धोवीघाटस्थित सडक किनारबाट २० ग्राम ५ मिलीग्राम लागूऔषध एम्फेटामाईन सहित सोही ठाउँ बस्ने मोरङ विराटनगर महानगरपालिका ४ ठेगाना भएका २४ वर्षीय निश्चल रेग्मीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

निश्चलउपर जिल्ला अदालत ललितपुरबाट म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको उक्त ब्यूरोले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?