बाघको छाला ल्याइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरू सवार रा.४ प ६५०४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरको डिक्कीभित्र लुकाई राखेको उक्त छाला फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

" /> चरीबाघको छाला सहित २ जना पक्राउ - Sarbocha Media

चरीबाघको छाला सहित २ जना पक्राउ

`

     २०७८ आषाढ १६ गते ७:४६

बाँके, १६ असार । राप्ती सोनारी गाउँपालिका–१ कुसुमबाट १ थान चरीबाघको छाला सहित २ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दैलेख, भैरबी गाउँपालिका–३ बस्ने १९ वर्षीय जितेन्द्र शाही र दाङ, घोराही उपमहानगरपालिका९ बस्ने ३१ वर्षीय सन्तोष कुंवर रहेका छन ।

बाघको छाला ल्याइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरू सवार रा.४ प ६५०४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरको डिक्कीभित्र लुकाई राखेको उक्त छाला फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?